नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी
उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए।
पर्वत, चैत १३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन्।
नेकपा एमाले जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए।
मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए। उनले भने “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन तत्काल टुट्दैन।”
एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाव दिए।
प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
