Kathmandu Press

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

कम्तीमा ७ वटा गाडी नदीमा खसेको पसञ्चारमाध्यमहरूले जनाएका छन्। जहाजले पुललाई ठक्कर दिँदा पुलका केही स्पानहरू भत्किएका छन्।
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

वासिङटन डिसी, चैत १३ : कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्डको बाल्टिमोरमा पुल भत्किएको छ।

मंगलबार बिहान कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की पुल भत्किएको हो।

कम्तीमा ७ वटा गाडी नदीमा खसेको पसञ्चारमाध्यमहरूले जनाएका छन्। जहाजले पुललाई ठक्कर दिँदा पुलका केही स्पानहरू भत्किएका छन्।

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै सीएनएनले २० जनाको खोजी भइरहेको जनाएको छ। घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन्।

अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ।

सन् १९७७ मा सञ्चालनमा आएको उक्त पुल मेरिल्यान्डका लेखक तथा अधिवक्ता फ्रान्सिस स्कट कीको सम्मानमा नामकरण गरिएको थियो।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, चैत १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्