Kathmandu Press

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा

उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महशुस भएको बताए।
नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा

काठमाडौं, चैत १३ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन्।

मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महशुस भएको बताए।

Hardik ivf

‘नवीन्द्रराज जोशीको अभावको महशुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ । अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढि चाहिएको छ,’ उनले भने, ‘किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गती र मति भएको मानिस चाहिएको छ ।’

महामन्त्री थापाले सिंगो समाज परिवर्तनको लागि तयार भएको भन्दै यसको लागि रुपान्तरणको एजेण्डाहरु आवश्यक भएको बताए।

परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो तर त्यसलाई चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्ने थापाले बताए।

दिंवगत नेता जोशीको प्रशंसा गर्दै महामन्त्री थापाले भने, ‘नवीन दाईको लागि लोकतन्त्र भनेको जीवन हो । यसको साथै उहाँको अर्को महत्वपूर्ण विषय भनेको लगनशिलता र मेहेनत नै हो । यो कुरा हामीले सधैँ सम्झनामा राख्नुपर्छ । पार्टीमा उहाँको कमि, अभाव अहिले पनि महशुस हुन्छ ।’
यस्तै, सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताए । सत्तारुढ गठबन्धन स्थायी नहुने उनको दावी थियो।

कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गरेका थिए।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्