प्रमुख भन्सार अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
देश इन्टरनेशनल प्रा.लि.का सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टको प्रतिनिधि सरनकुमार खरेल समेतको संलग्नतामा गैरकानुनी लाभ लिई चुहावट भएको आरोप उनीहरुविरुद्ध लगाइएको छ।
काठमाडौं, चैत १३ : विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
प्रमुख भन्सार अधिकृत सापकोटाले ८४ लाख ५५ हजार ६०५ रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित सजायको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
सापकोटासहित तत्कालीन भन्सार अधिकृत नकुल शर्माले मालवस्तु जाँचपासमा पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ दिलाएको पुष्टि भएको दाबी अख्तियारको छ। सापकोटा र शर्माविरुद्ध चुहावट राजस्व रकमको दोब्बर जरिवाना मागदाबी लिएर मुद्दा दर्ता गरिएको हो।
देश इन्टरनेशनल प्रा.लि.का सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टको प्रतिनिधि सरनकुमार खरेल समेतको संलग्नतामा गैरकानुनी लाभ लिई चुहावट भएको आरोप उनीहरुविरुद्ध लगाइएको छ।
प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)