Kathmandu Press

राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको छ : महामन्त्री थापा

कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको भन्दै इमान्दारसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए।
राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको छ : महामन्त्री थापा

काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको बताएका छन्।

कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको भन्दै इमान्दारसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए।

Hardik ivf

उनले छट्टुहरु केही समयका लागि आउने झुक्काउने र रंगरोगन गरेर जाने भएकाले गति र मति भएकाहरुको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे।

अहिले घरभित्रको फोहरहरुलाई सफा बनाएर ठिक ढंगले लय पक्रनुपर्ने उनले बताए। महामन्त्री थापाले नयाँ पुस्ताले चाडोभन्दा चाडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दूरुपयोग गरेको धारणा राखे। उनले नेपाली राजनीति र समाज रुपान्तरणमा स्वर्गीय नेता जोशीले खेलेको भूमिकाको चर्चा गरे।

त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले अहिलको गठबन्धन चीरस्थायी नहुने भन्दै आफुभित्रको झगडाले समाप्त हुने दाबी गरे। अहिले जसरी सत्ता चाहिने प्रवृतिलाई अन्त्य गर्नका लागि फरक ढंगले संगठीत हुन जरुरी रहेको उहाले बताए। उनले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने भन्दै देशले आफै सत्तामा पुराउने जिकिर गरे।

उनले जोशीको निधनले निष्ठावान राजनीतिज्ञ गुमाएको बताए। 

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्