Kathmandu Press

गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिमा बोलाइयो 

समितिका सभापति रामहरि खतिवडा नेतृत्वको समिति वैठकले बुधबार बिहान ११ बजेका लागि लामिछानेलाई बोलाएको हो।
गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिमा बोलाइयो 
Hardik ivf

काठमाडौं, चैत १३ : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको वैठकले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाउने निर्णय गरेको छ। 

समितिका सभापति रामहरि खतिवडा नेतृत्वको समिति बैठकले बुधबार बिहान ११ बजेका लागि लामिछानेलाई बोलाएको हो। उपप्रधानमन्त्री लामिछानेलाई सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा उपस्थित हुन भनिएको छ।

समितिमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ। सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको हो। 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्