Kathmandu Press

धनगढीका मेयर हमालकी छोरी आरती सम्पर्कविहीन

नगर प्रमुख हमालले आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत खोजीका लागि आग्रह गरेका छन्।
धनगढीका मेयर हमालकी छोरी आरती सम्पर्कविहीन

काठमाडौं, चैत १३ : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती सम्पर्कविहीन भएकी छन्।

नगर प्रमुख हमालले आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत खोजीका लागि आग्रह गरेका छन्।

Hardik ivf

हमालले जनाएअनुसार आरती ओशो साधक हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्।

हमालले छोरी आरती सोमबारदेखि बेपत्ता भएको जानकारी गराएका छन्। छोरी आरती बेपत्ता भएको खबर उनको साथीबाट आएको हमालले बताएका छन्। 

मेयर हमालले सामाजिक सञ्जालमार्फत आग्रह गर्दै लेखेको छन्, ‘गोवा बस्नुहुने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु।’
 
प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्