Kathmandu Press

प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

काठमाडौं, चैत १३ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

Hardik ivf

'पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्वपूर्ण छ, उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति हुनुहुन्थ्यो,' नेता सिंहले भने।

जोशीले उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले उल्लेख गरे। 'जोशी कांग्रेसमा रहेर विचार प्रदान गर्नुहुन्थ्यो, उहाँ कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो,' नेता सिंहले भने।

जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्