Kathmandu Press

युनेस्को अवार्डका लागि आवेदन आह्वान

नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ ।
युनेस्को अवार्डका लागि आवेदन आह्वान

काठमाडौं, चैत १३ : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ।

नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ ।

Hardik ivf

नेपालमा महिला र बालबालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्ति वा संस्थाले तोकिएको मापदण्डको आधारमा रही पुरस्कारका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने सचिवालयले जनाएको छ। 

आवेदनमाथि आयोगको सचिवालयले छनोट गरी सिफारिस हुने र युनेस्कोको विश्वस्तरका निर्णायक समूहबाट अन्तिम छनोट हुने जनाइएको छ।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्