बागमती सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलब्ध गराउने
मंगलबार यातायात व्यवस्था सेवा कार्यालय भक्तपुरमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्।
काठमाडाैं, चैत १३ : बागमती प्रदेश सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलव्ध गराउने भएको छ।
मंगलबार यातायात व्यवस्था सेवा कार्यालय भक्तपुरमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्।
सो अवसरमा मन्त्री लम्सालले कार्यालयमा नगई अनलाइनमै इजाजत पत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने बताए।
यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालासँग पटक पटकको छलफल पछि पटके इजाजतलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन प्रणाली शुरु गरिएको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)