Kathmandu Press

विमानस्थलमा यात्रुलाई हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न गृहमन्त्री लामिछानेकाे आग्रह

काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए। 
विमानस्थलमा यात्रुलाई हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न गृहमन्त्री लामिछानेकाे आग्रह

काठमाडौं, चैत १३ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन्। 

काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए। 

Hardik ivf

‘विदेशीका लागि अध्यागमन देशको मुहार हो। मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। मन्त्रालय निर्देशन होइन सहकार्य गर्न तत्पर छ,’ उनले भने।

केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको उल्लेख गर्दै लामिछानेले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्न आग्रह पनि गरे। 

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती रहेपनि सुधार गर्न सकिने आधारहरु प्रश्तुत गरे।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए।
सो अवसरमा विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए।
 
प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्