गाउँपालिका पूर्वअध्यक्ष खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद
विशेष अदालतले मंगलबार खड्कासहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको हो। अदालतबाट खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर भएका छन्।
काठमाडौं, चैत १३ : रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय तोकिएको छ।
विशेष अदालतले मंगलबार खड्कासहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको हो। अदालतबाट खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर भएका छन्।
विद्युतीकरण गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष रहेका खड्कासहित २७ जनामाथि मुद्दा चलाएको थियो। अदालतले अभियोगबाट २२ जनालाई सफाइ दिएको छ।
अदालतको फैसला वमोजिम न्यौपाने र चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने छ। तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना ठहर भएको छ।
भ्रष्टाचारमा सजाय तोकिएका खड्का राप्रपा एमाले हुँदै पछिल्लो समय काँग्रेसमा प्रवेश गरेका थिए।

-1782735246.jpeg)