फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध दोस्रो लेग खेल्दै नेपाल
दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।काठमाडौं, चैत १३ : फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ । नेपाल समूह ‘एच’मा छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा १–० ले हराएको थियो ।
दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो हार व्यहोरेको थियो ।
बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो ।
बहराइनको बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति: १०:१७ बजे, मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेको आरोपमा बिनु यादव पक्राउमंगलबार, मंसिर ११, २०८१
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगतिमंगलबार, मंसिर ११, २०८१
रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदैमंगलबार, मंसिर ११, २०८१
अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमामंगलबार, मंसिर ११, २०८१