Kathmandu Press

सिंगापुरबाट आएका सिल्क एयरका दुई विमानलाई फर्काइयो 

काठमाडौं, चैत्र ९ : प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएको  सिल्क एयरको विमानबाट यात्रुलाई ओर्लन रोक लगाइएको छ ।

शनिबार साँझ सिं....

सिंगापुरबाट आएका सिल्क एयरका दुई विमानलाई फर्काइयो 

काठमाडौं, चैत्र ९ : प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएको  सिल्क एयरको विमानबाट यात्रुलाई ओर्लन रोक लगाइएको छ ।

शनिबार साँझ सिंगापुरबाट यात्रु बोकेर आएको विमानले कोरोना संक्रमणको जोखिममा रहेको भनेर नेपालले यात्रा प्रतिबन्ध लगाएको देशका विदेशी नागरिक समेत रहेकाले सबै यात्रुलाई विमानबाट आर्लिन विमानस्थल अधिकारीले रोक लगाएका हुन् ।

सिंगापुरबाट शनिबार साँझ आएको उक्त विमानलाई यात्रुसहित सिंगापुरनै फर्काइएको छ । सो विमान शनिबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सरकारले  यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइनेछैन ।

 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्