Kathmandu Press

भेटेरिनरी अस्पतालका प्रमुख यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काम भएको भन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका हो।
भेटेरिनरी अस्पतालका प्रमुख यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
Hardik ivf

काठमाडौं, चैत १२ : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालिन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

काम भएको भन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका हो। सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई आर्थिक वर्ष २०७५/७६ मा कृषि सेड निर्माणको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले दिएको रकममा भ्रष्टाचार भएको दाबी अख्तियारको छ। 

सहकारीले काम गरेको भन्दा ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बढी भुक्तानी दिएको भन्दै भ्रष्टाचारमा कारबाहीको माग गरिएके हो। भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवमाथि भ्रष्टाचारमा कारबाही गर्न मागसहित प्रतिबादी कायम गरिएको छ। 
 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्