Kathmandu Press

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन्। यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा। 
बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं, चैत १२ : विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन्। बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन्। यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा। 

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र चलिरहेको छ। विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बु कला प्रदर्शनीमा सहभागी छन्। उनी निर्देशित ‘हेमा हेमा’, ‘डाकिनी’, ‘पिग एट द क्रसिङ’ लगायतका चलचित्र प्रसिद्ध छन्। 

Hardik ivf

'कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ। जहाँ चाँडै अब समकालिन संस्कृतिको केन्द्र बन्दैछ', उनले भने। 

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए। उनका अनुसार प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन्।

'सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर चलचित्र, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्वित गर्छ', कार्यक्रम प्रमुख प्रधानले बताउनुभयो। चैत ११ गतेदेखि सुरू गरिएको प्रदर्शनी १७ गतेसम्म चल्ने आयोजकले बताएका छन्। 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्