दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको फैसला
बिएन्डसी कलेजको सम्बन्धनका लागि प्रसाईंले सर्वोच्चमा रिट निवेदन दिएका थिए। स
काठमाडौं, चैत १२ : सर्वोच्च अदालतले बी एन्ड सी कलेजको सम्बन्धनसम्वन्धी एक विवादमा दुर्गा प्रसाईंको पक्षमा आदेश दिएको छ।
बिएन्डसी कलेजको सम्बन्धनका लागि प्रसाईंले सर्वोच्चमा रिट निवेदन दिएका थिए। सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईको माग सदर हुने गरी पक्षमा निर्णय दिएको हो।
प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन माग गर्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकाय विरुद्ध सर्वोच्च पुगेक थिए।
डा.गोविन्द केसीको दबाबका कारण पेशा, व्यवसाय गर्ने संवैधानिक हक कुण्ठित भएको प्रश्न समेत प्रसाईंले उठाएका थिए। सर्वोच्चको फैसलाले बी एन्ड सी कलेजको सम्बन्धनलाई बाटो खुलेको छ।
प्रकाशित मिति: १६:५० बजे, सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
