Kathmandu Press

सचिवहरूलाई प्रधानमन्त्रीको खबरदारी- कानुन र राष्ट्रको हितविपरीत काम नगर्नू 

बैठकमा प्रचण्डले भने, ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै काम गर्दिनँ। तपाईंहरू पनि यस्तो कार्यमा नलाग्नुहोला।’
सचिवहरूलाई प्रधानमन्त्रीको खबरदारी- कानुन र राष्ट्रको हितविपरीत काम नगर्नू 
Hardik ivf

काठमाडौं, चैत १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले कानून र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्ने बताउँदै सचिवहरुलाई पनि त्यस्तो नगर्न खवरदारी गरेका छन्।

सचिवहरूसँगको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त खवरदारी गरेका हुन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको पनि बताए। बैठकमा प्रचण्डले भने, ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै काम गर्दिनँ। तपाईंहरू पनि यस्तो कार्यमा नलाग्नुहोला।’

यस्तै, प्रधानमन्त्रीले असल नियतले काम गरेको विषयमा कतै समस्या भएमा त्यसको जिम्मेवारी आफुले लिने भनाई पनि राखे। उनले सचिवहरुलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न निर्देशन दिएका छन्। 
 

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्