Kathmandu Press

‘नेपालको एकता, अखण्डता, परम्परा जोगाइराख्न नेपाली सेनाको भूमिका प्रशंसनीय’

सोमबार सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण गर्दै मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरागरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे। 
‘नेपालको एकता, अखण्डता, परम्परा जोगाइराख्न नेपाली सेनाको भूमिका प्रशंसनीय’

काठमाडौं, चैत १२ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन्। 

सोमबार सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण गर्दै मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरागरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे। 

Hardik ivf

मन्त्री उप्रेतीले सेनाले राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्‍याउँदै आएको बताए। 

मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक बताएका थिए। 
 
प्रकाशित मिति: १६:४० बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्