Kathmandu Press

मगर जातिको सामाजिक राजनीतिक इतिहासको पुनर्लेखन गर्न १ करोड राशीको अनुसन्धान फन्ड

हालै सम्पन्न अन्तराष्ट्रिय मगर सेमिनारको घोषणापत्र सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मगर अनुसन्धान फण्ड स्थापना गर्ने निर्णय गरिएको जानकारी दिएको हो।
मगर जातिको सामाजिक राजनीतिक इतिहासको पुनर्लेखन गर्न १ करोड राशीको अनुसन्धान फन्ड

काठमाडाैं, चैत १२ : अन्तर्राष्ट्रिय मगर महासंघले मगर जातिको सामाजिक राजनीतिक इतिहासको पुनर्लेखन गर्न रु. १ करोड राशीको मगर अनुसन्धान फण्ड स्थापना गर्ने भएको छ।

हालै सम्पन्न अन्तराष्ट्रिय मगर सेमिनारको घोषणापत्र सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मगर अनुसन्धान फण्ड स्थापना गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

Hardik ivf

त्यस्तै मगरात सम्यतासम्बन्धी आदिवासी ज्ञान र सचेतना अभिबृद्धि गर्ने, समावेशी मगर समाजको निर्माण प्रवद्र्धन गर्ने, विश्वव्यापीरुपमा व्यवस्थीत संगठन सञ्जाल निर्माण गर्ने महासंघका कार्यकारी परिषद् अध्यक्ष नवीन रोका मगरले जानकारी दिए।

सेमिनारले सन २०२५ मा मगरहरुको अन्तराष्ट्रिय महासम्मेलन भारतमा निर्णय गरेको उनले बताए। उनले आदिवासी जनजातिका सवालमा सरकारद्वारा गरिएका सन्धी सम्झौता कार्यान्वयनका लागि प्रभावकारी पहल गर्ने जानकारी दिए।

अध्यक्ष मगरले मगरात सभ्यता र मगर पहिचानको आधारमा संसारभरका मगर एकतालाई थप मजबुद र बलियो बनाउने संकल्प गरिएको बताए। 

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्