Kathmandu Press

शान्ति समाजद्वारा लामिछानेको राजीनामा माग  

समाजले लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको बताउदै राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ। समाजका अध्यक्ष रामकृष्ण बरालले एक विज्ञप्ति जारी गर्दै लामिछानको राजिनामा मागिएको हो।
शान्ति समाजद्वारा लामिछानेको राजीनामा माग  

काठमाडौं, चैत १२ : मानव अधिकार तथा शान्ति समाजले सहकारी घोटाला प्रकरणमा निश्पक्ष छानविनको प्रश्न उठाउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

समाजले लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको बताउदै राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ। समाजका अध्यक्ष रामकृष्ण बरालले एक विज्ञप्ति जारी गर्दै लामिछानको राजिनामा मागिएको हो।

Hardik ivf

‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ। नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ। 

लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको दाबी समेत गरेको छ। समाजले सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी सौदावाजी हुर्किरहेको बता

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्