Kathmandu Press

पाँच राजनीतिक दलको नाम परिवर्तन गर्ने आयोगको निर्णय

नयाँ नाम स्वीकृत भए पनि दलको दर्ता मिति भने पुरानै कायम हुने छ। थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ। 
पाँच राजनीतिक दलको नाम परिवर्तन गर्ने आयोगको निर्णय

काठमाडौं, चैत ११ : निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। 

आयोगको निर्णय अनुसार नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, किरात खम्बुवान साझा पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी र आमूल परिवर्तन मसिहा पार्टीले दिएको निवेदनका आधारमा प्रस्तावित नाम स्वीकृत गरिएको हो।

Hardik ivf

आयोग पदाधिकारीको गत चैत ८ गते बिहीबारको बैठकले गरेको निर्णय अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ। 

नयाँ नाम स्वीकृत भए पनि दलको दर्ता मिति भने पुरानै कायम हुने छ। थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ। 
 
प्रकाशित मिति: १७:४७ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्