Kathmandu Press

लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन सम्पन्न

केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो।
लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन सम्पन्न

भक्तपुर, चैत ११ : मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नौ बाजा सम्मेलन गरिएको छ। होलीका अवसरमा यहाँ आयोजना गरिएको नौ बाजा सम्मेलन आज सम्पन्न भएको हो।

केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो। परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ। 

Hardik ivf

बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतमबुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास रहेको छ। श्रृङ्गभेरी उपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा छन्।

सङ्घले पहिलो पटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गरेको छ। 

सम्मेलनमा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरिएको थियो। बाजा प्रदर्शनको संयोजक सुरेन्द्र मानन्धर र गजेन्द्र प्रसाद मानन्धरले गरेका थिए।

प्रकाशित मिति: १७:३९ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्