तस्बिरमा हेर्नुस् हाेली उमंग
होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ।काठमाडाैं, चैत ११ : सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइएको छ। आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो। काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। फागु पूर्णिमामा नाचगान पनि गरिन्छ। बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।
हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ। होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ ।