नेम्वाङ योग्य उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं : एमाले
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा रास्वपाले आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ।
काठमाडौं, चैत ११ : एमालेले इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल गर्ने बताएको छ। कुरा नमिले फरकफरक उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धा गर्ने एमालेको भनाइ छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘नेम्वाङ योग्य उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं। नत्र मित्रवत् प्रतिस्पर्धामा जान्छौं।’
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा रास्वपाले आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ।
त्यस्तै ज्ञवालीले तत्कालीन कांग्रेस मन्त्रीहरूको राजीनामाको माग र अहिले कांग्रेसले गरिरहेको गृहमन्त्रीको राजीनामाको मागको प्रसंग फरकफरक भएको भन्दै अहिले गृहमन्त्रीको राजीनामाको माग राजनीतिक प्रतिशोध मात्रै भएको धारणा राखे।
त्यस्तै उनले एमालेको अहिलेको एक मात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोषा जगाउने विषयमा मात्रै रहेको भन्दै कुनै पदका लागी एमालेले ध्यान नदिने जिकिर गर्नुभयो ।
त्यस्तै बैठकले रुसको मस्कोमा भएको आतंककारी हमलाको निन्दा र भर्त्सना गर्दै जस्तो सुकै आवरणमा हुने आतंकबादी हमलाको विरोधमा एमाले उत्रने ज्ञवालीले बताए।










-1782735246.jpeg)
