Kathmandu Press

काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ।
काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

काठमाडौं, चैत ११ : काठमाडौ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ। त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ।

महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले भने, 'तालिमबाट प्रशिक्षक बन्नुभएका अधिकारीहरुले यही चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनुहुनेछ । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गत मङ्सिर १६ गते महानगरले सार्वजनिक सूचना प्रकाशन गरेको थियो।' 

Hardik ivf

प्राप्त आवेदनबाट योग्यताका आधारमा गत माघ १४ गते उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो । गत माघ २१ गतेदेखि २४ गतेसम्म महानगरले लिएको अन्तरवार्ताबाट गत फागुन १७ गते योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो । जसबाट २१  सुपरीवेक्षक र दुई सय नौ गणक छनोट भएका थिए । 

महानगरका अनुसार आगामी असार मसान्तभित्र तथ्यांक संकलन गर्ने गरी काम अघि बढाइएको छ । तथ्यांक संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । 

सरकाले प्रदान गर्दै आएको दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ। 

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्