एमालेले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने
आज पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत पर्ने बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काठमाडौं, चैत ११ : नेकपा एमालेले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ।
आज पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत पर्ने बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बझाङ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।
बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ।
प्रकाशित मिति: १४:५७ बजे, आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)