Kathmandu Press

इलाम-२ कोे उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

एमालेको आइतबार बसेको सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
इलाम-२ कोे उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, चैत ११ : नेकपा एमालेले इलाम क्षेत्र नम्बर– २ कोे उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

एमालेको आइतबार बसेको सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

Hardik ivf

बैठकमा नेम्वाङलाई उम्मेदवार बनाउने, पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी लगायत  विषयमा छलफल भएको जनाइएको छ। 

सुहाङ एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।  २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सुवास नेम्वाङले इलाम २ बाटै जितेका थिए।

प्रकाशित मिति: १४:४८ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्