Kathmandu Press

लोकसेवा आयोगको जनविश्वास टुट्न दिनुहुँदैन : प्रदेश प्रमुख भट्ट

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए। 
लोकसेवा आयोगको जनविश्वास टुट्न दिनुहुँदैन : प्रदेश प्रमुख भट्ट

कास्की, चैत ११ : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोक सेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन्। 

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए। 

'लोक सेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजको मितिसम्म पनि कायमै राख्न सफल भएकोमा त्यसप्रति धन्यवाद व्यक्त गर्दै अवका दिनमा पनि आयोग अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ', उनले भने, 'आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनुहुँदैन।'

Hardik ivf

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था आयोग मात्र रहेको बताउँदै उनले आयोगले आफ्ना काम कारबाही दूत्रगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशिने क्रम अत्यधिक भएका कारण रिक्त पदपूर्तिका लागि आयोगले छिटोछिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए। 

नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटक–पटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेकोप्रति चिन्ता व्यक्त गरे। यहाँका राजनीतिक दलहरुले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लान सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी भएको उनले बताए। 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोक सेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास टुट्न दिन नहुने बताए। लोक सेवा आयोग देशको स्थायी सरकार हो, यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उनले जोड दिए।

उच्च अदालत पोखराका मुख्यन्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेकोप्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनाविश्वास कायमै राख्नुपर्नेमा जोड दिए। 

लोक सेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना काम कारबाहीबारे प्रकाश पारिएको थियो। उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो। 

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्