सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृहले बनायो भिन्नै समिति
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको थियाे।
काठमाडौं, चैत ११ : सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले भिन्नै समिति गठन गरेको छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको थियाे।
सोही विषयमा गृहले भिन्नै समिति गठन गरेको हो। जाँचबुझ आयोगले प्रहरीका उच्च अधिकृत सहितलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।
गृहको कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको छ। समितिमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्य रहेका छन्।
जाँचबुझ आयोगले गत चैत १ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ।
प्रकाशित मिति: १३:५६ बजे, आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)