Kathmandu Press

सिआइबीमा प्रहरी निरीक्षकको उलटफेर 

सिआइबीमा कार्यरत इन्स्पेक्टर सुरेश खत्री र रन्जित लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।
सिआइबीमा प्रहरी निरीक्षकको उलटफेर 
Hardik ivf

काठमाडौं, चैत ११ : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत चारजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। सिआइबीमा कार्यरत इन्स्पेक्टर सुरेश खत्री र रन्जित लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

अर्का इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर, १ मा सरुवा गरिएको छ। अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठ प्रहरी पहरा गणमा सरुवा भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावल र इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा ल्याइएको छ। 

सुन तस्करी प्रकरणमा पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो। 
 

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्