Kathmandu Press

वसन्तपुरमा हाेलीकाे राैनक [तस्बिरहरू]

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ।
वसन्तपुरमा हाेलीकाे राैनक [तस्बिरहरू]

काठमाडौं, चैत ११ : आज होली पर्व। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ।

HRB_KTM-IMG_0137-(1)-1711266014.jpg

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ। होलीका अवसरमा काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव देख्न सकिन्छ।  

Hardik ivf

HRB_KTM-_IMG_0079-1711266013.jpgफागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ। यसपटक वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो। साथी र आफन्तबीच आपसमा रङ दलेर खुसी साट्न र रमाइलाे गर्न युवायुवतीहरू वसन्तपुर पुगेका छन्।

HRB_KTM-IMG_0033(1)-1711266013.jpg

त्यहाँ भेला भएका विदेशीहरू पनि रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा दलेर रमाइरहेका छन्। लोला हानेर र पिचकारीबाट पानी छ्यापेर पनि मानिसहरू रमाइरहेका छन्।  बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।

HRB_KTM_IMG_0072-1711266008.jpg

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ। होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ। तस्बिरहरू : रासस, सामाजिक सञ्जालpro_Ktm_Holi100-1711266007.jpg

pro_Ktm_Holi10000-1711266007.jpg

HRB_KTM_IMG_0001-1711266006.jpg

HRB_KTM-_IMG_0142-1711266006.jpg

pro_Ktm_Holi1-1711266006.jpg

basantapur-1234-1711267670.jpg

bajagaja-1711267670.jpg

basantapur-1711267670.jpg

holi-1711267670.jpg

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्