Kathmandu Press

काठमाडौं उपत्यकाका प्रहरीले चेकिङमा कडाइ

पर्व मनाउने क्रममा मानिसहरूले उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधनचलाउने, तीव्र गतिमा सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।
काठमाडौं उपत्यकाका प्रहरीले चेकिङमा कडाइ

काठमाडौं, चैत ११ : आज काठमाडाैं उपत्यकालगायत पहाडी भेगमा होली मनाउने क्रम चलिरहेकाे छ।

पर्व मनाउने क्रममा मानिसहरूले उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधनचलाउने, तीव्र गतिमा सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

Hardik ivf

आज बिहानैदेखि काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायत ९० बढी स्थानमा प्रहरीले चेकजाँचलाई कडा बनाइएकाे छ। होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न नेपाल प्रहरीले आग्रह गरेको छ। सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी भइरहेकाे प्रहरीकाे भनाइ छ।

प्रहरीले घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ। होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न प्रहरी खटाएको छ।

प्रकाशित मिति: १३:१० बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्