Kathmandu Press

एमाले सचिवालय बैठक जारी 

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 
एमाले सचिवालय बैठक जारी 

काठमाडौं, चैत ११ : सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो। 

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

Hardik ivf

साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ। 

आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीका बारेमा पनि आजको बैठक छलफल हुने नेताहरुले जनाएका छन्। 
 

प्रकाशित मिति: १२:५० बजे, आइतबार, चैत ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्