Kathmandu Press

चराको बथान आएपछि पोखरा विमानस्थलको उडान प्रभावित

आइतबार बिहान विमानस्थल क्षेत्रको चराको बथान नै आएपछि उडान प्रभावित भएको हो।
चराको बथान आएपछि पोखरा विमानस्थलको उडान प्रभावित

कास्की, चैन ११ : चराको बथान आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ।

आइतबार बिहान विमानस्थल क्षेत्रको चराको बथान नै आएपछि उडान प्रभावित भएको हो।

Hardik ivf

आज यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो।

यतीकै पोखरा–काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो।

चराका कारण आज बिहान पटक पटक उडान प्रभावित भएको छ। बिहान साढे ११ बजे केहीबेर खुलेको विमानस्थल अहिले फेरि बन्द छ ।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्