Kathmandu Press

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका हुन्। 
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री लामिछाने

चितवन, चैत ११ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका हुन्। 

Hardik ivf

'सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ,' उनले भने। देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए। सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे। 

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो। उनले भने, 'काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो। निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। त्यहीअनुसार काम हुन्छ।' प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए।

फरक प्रसङगमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए। विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए। जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्