Kathmandu Press

पोखरा अल्ट्रालाइटको फागु पूर्णिमा लक्षित योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट 

जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबार सम्म लागू हुनेछ । 
पोखरा अल्ट्रालाइटको फागु पूर्णिमा लक्षित योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट 

काठमाडौं, चैत ११ : पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो। 

जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबार सम्म लागू हुनेछ । 

Hardik ivf

अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ निर्धारण हुँदै आएको छ। 

साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा शहर, माछापुछ्रे, कपुचे ताल, अन्नपुर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् ।

पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ। 

१०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ। पोखरामा  सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो । 

आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।

प्रकाशित मिति: ०९:१६ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्