Kathmandu Press

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । 
मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
Hardik ivfHardik ivf

काठमाडौं, चैत ११ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । 

उनले टोनी क्रसको पासमा गोल गर्दै सुरुमै जर्मनीलाई अग्रता दिलाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।  ४९ औं मिनेटमा केइ हार्भाटेजले जमाल मुसेलाको पासमा गोल गर्दै जर्मनीलाई २–० गोलले अघि बढाए । त्यसपछि केलियन एम्बापेको टोलीले कमब्याक गर्न नसक्दा अन्ततः जर्मनी २–० गोल अन्तरले विजयी भयो । 

यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई पराजित गरेको छ । इंग्ल्याण्डको बेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले १–० को जित निकालेको हो । बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलले ८० औं मिनेटमा गोलको खडेरी तोडेको थियो । ब्राजिलका एन्ड्रिक फिलिपेले गेको एकमात्र गोल नै निर्णायक बन्यो ।

अन्य खेलमा अर्जेन्टिाले एल साल्भाडोरलाई ३–० ले पराजित गर्दा पेरुले निकारागुवालाई २–० ले पराजित गरेको थियो । त्यसैगरी जाम्बिया र जिम्बाबेले २–२ गोलेको बराबरी खेल्दा केन्याले मलावीलार्य ४–० ले स्तब्ध बनायो । त्यस्तै, आइभरी कोस्टले बेनिनसँग २–२ गोलको बराबरी खेल्दा आयरल्याण्डले बेल्जियमसँग गोलरहित बराबरी खेल्यो । 

अस्ट्रियाले स्लोभाकियालाई २–०ले पराजित गर्दा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेलेका थिए । ट्युनेसिया र क्रोएशियाले गोलरहित बराबरी खेल्दा रिपब्लिक डोमिनिकनले अरुबालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: ०८:५३ बजे, आइतबार, चैत ११, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्