Kathmandu Press

बस र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

शनिवार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । 
बस र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु
Hardik ivf

दाङ, चैत १० : राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । 

शनिवार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । 

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको उनले जानकारी दिए । 

प्रकाशित मिति: ०६:२० बजे, आइतबार, चैत ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्