Kathmandu Press

आज फागु पूर्णिमा, खुसी साटासाट गरेर हर्षोउल्लासका साथ मनाईदैं 

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।
आज फागु पूर्णिमा, खुसी साटासाट गरेर हर्षोउल्लासका साथ मनाईदैं 

काठमाडौं, चैत ११ : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ।

Hardik ivf

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।

होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने जनाएको छ । पर्वलाई सुरक्षित र मर्यादितबनाउन ट्राफिकले यस्तो व्यवस्था गर्न लागेको हो । 

प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्