Kathmandu Press

बेथानचोकमा 'समुदायमा अदालत सम्बन्धि कार्यक्रम'

उनले अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण हुँदा न्यायिक कामकाज कार्यविधीगत रूपमा ऐन नियमको पालन गरी काम कारबाही भएकोप्रति प्रशंसासमेत गरे।
बेथानचोकमा 'समुदायमा अदालत सम्बन्धि कार्यक्रम'

काभ्रे, चैत १० : बेथानचोक गाउँपालिकामा काभ्रेपलान्चोक जिल्ला अदालतको आयोजनामा “समुदायमा अदालत सम्बन्धि कार्यक्रम” सम्पन्न भएको छ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले न्याय सम्पादनमा बेथानचोक गाउँपालिका जिल्लाकै अग्र स्थानमा रहेकोमा धन्यवाद दिँदै अरू पालिकाहरूले पनि बेथानचोकको अनुसरण गर्नुपर्ने बताए।

उनले अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण हुँदा न्यायिक कामकाज कार्यविधीगत रूपमा ऐन नियमको पालन गरी काम कारबाही भएकोप्रति प्रशंसासमेत गरे।
 
यस्तै, काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कर्णबहादुर राईले समुदाय–अदालतसम्बन्धि प्रशिक्षण दिएका थिए। जसमा कार्यपालिका सदस्य, मेलमिलापकर्ता र अन्य सरोकारवालाहरूको उपस्थित थियो। काभ्रे जिल्ला अदालतका अन्य उपस्थित कर्मचारीहरूसमेतले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए।

Hardik ivf

t9HcPzVc-1711206508.jpeg

कार्यक्रममा जिल्ला अदालतबाट न्यायिक समितिको अनुगमन तथा निरीक्षण गर्न आउनु भएका न्यायाधीश नेपालको नेतृत्वमा सहभागीलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले स्वागत गरेका थिए।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक तारा राना तिमल्सिनाले जिल्ला अदालतबाट हुने अदालती काम कारवाही र प्रक्रियाबारे स्थानीय तहमै आएर जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको कार्यक्रमको प्रशंसा गरिन्।

उनले यस प्रकारका कार्यक्रमहरूले सहजै कानुनी पहुँचको जानकार नभएका व्यक्तिहरूले पनि मेसो पाउने भएकोले कार्यक्रम फलदायी रहेको जीकिर गरिन्। उनले न्यायिक समितिको निरीक्षण र सुपरीवेक्षण गरी गाउँपालिकाले गरेको राम्रो काम र अभ्यासले प्रशंसा पाएकोप्रति खुशी व्यक्त गरिन्।

बेथानचोक गाउँपालिकामा चालु वर्षमा न्यायिक समितिमा कूल २६ वटा मुद्दा दर्ता भएकोमा २२ वटा फछ्र्यौट भएको र ४ वटा मुद्दा चालु रहेको गाउँपालिकाका न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले जानकारी दिए।

प्रकाशित मिति: २०:५४ बजे, शनिबार, चैत १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्