दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छः मन्त्री बस्नेत
गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उहाँले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताए।
गाेरखा, चैत १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन्।
गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उहाँले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताए।
मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ थियो।
“अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ”, मन्त्री बस्नेतले भने। उनले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताए।
कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी थिए।










-1782735246.jpeg)
