एनभिए भलिबलको उपाधि हेल्प नेपाललाई
शनिबार निकै रोमाञ्चक फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपालले उपाधी जितेको हो।
काठमाडौं, चैत १० : एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधी टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार निकै रोमाञ्चक फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपालले उपाधी जितेको हो। टिप टप हेल्प नेपालले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो ।
त्यस्तै प्रतियोगीताको महिलातर्फको उपाधी एभरेस्ट भलिबल क्लबले जितेको छ। शनिबार भएको फाइनलमा एभरेस्ट भलिबल क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो।
दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख प्राप्त गरेको छ ।
प्रकाशित मिति: १९:३० बजे, शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










