हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ।-1711196675.jpeg)
काठमाडौं, चैत १० : हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले बताए।
दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १८:०९ बजे, शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
