Kathmandu Press

कोरोनाबारे अडियो मार्फत भ्रामक प्रचार गर्ने युवा पक्राउ

काठमाडौं, चैत ८ : कोरोना भाइरसको संक्रमणबारे झुठो प्रचार गरेको  आरोपका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसोदेखि अनुसन्धान ....

कोरोनाबारे अडियो मार्फत भ्रामक प्रचार गर्ने युवा पक्राउ

काठमाडौं, चैत ८ : कोरोना भाइरसको संक्रमणबारे झुठो प्रचार गरेको  आरोपका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसोदेखि अनुसन्धान थालेको नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापालाई  प्रक्राउ गरेको हो।

थापाले कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भइसकेको गलत सुचना सामाजिक सञ्जालमा प्रचार गरेका थिए।

पक्राउ परेका थापले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित भएको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले आफुलाई बताएको भन्दै भिडियो क्लिप बनाएर सामाजिक संजालमा सेयर गरेका थिए। उनले त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो शेयर गरेका थिए ।

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, चैत ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्