Kathmandu Press

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा

जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले शनिबार गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो।
एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा

उदयपुर, चैत १० : आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको नवौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ।

जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले शनिबार गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो। अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सल्लाहकारबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भईसकेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताए।

Hardik ivf

चैत ६ गते सबै कमिटीबाट प्रतिनिधी छनौट भई सकेको भन्दै अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधीहरुको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढि कार्य सकिएको बताउनु भयो। उहाले नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने तयारी भई रहेको जानकारी दिए।

गतिशील संगठन, क्रियाशील सदस्य विकासको संम्बाहक र समाजिक रुपमान्तरणमा नेकपा एमाले भन्ने मुलनाराका साथ सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ।

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्