Kathmandu Press

सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई रवि लामिछानेकाे चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनाैती दिएका हुन्।
सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई रवि लामिछानेकाे चुनौती

काठमाडाैं, चैत १० : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौती दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनाैती दिएका हुन्।

Hardik ivf

कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणविना बोलेको भन्दै उहाले कांग्रेसकै नेता तथा बिज्ञहरुमाझ सार्वजनिक रुपमा यस विषयमा बहस गर्न तयार रहेको बताए। रास्वपा सभापति समेत रहेका लामिछानेले आफुले यसअघि नै छाडेको संस्थासंग जोडेर आफुलाई विभिन्न प्रकरणमा मुछ्ने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाबाट भएपनि खोजेरै ल्याउने दावी गरे। सहकारी वचतकर्ताको रकम व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट बिश्राम नलिने उनले बताए।

त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पारे। जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उहाले बताए। लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफुहरु नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राखे। 

उहाले आफुहरु जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताए। लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरुलाई निर्देशन दिएको जिकिर गरे। सरकारमा रहदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्