Kathmandu Press

मधेस सरकार विस्तार : एमालेबाट थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

एमालेका प्रदेशसभा सदस्यहरु शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिए।
मधेस सरकार विस्तार : एमालेबाट थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम, चैत १० : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गरेका छन्। उनले शनिबार एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

एमालेका प्रदेशसभा सदस्यहरु शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिए।

Hardik ivf

शत्रुधनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राजकुमारले गृह, सञ्चार तथा कानून मन्त्रालय र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयकाे जिम्मेवारी पाए। साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन्। एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा यसअघि नै शपथ लिइसकेका छन् ।

शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा गठबन्धन भत्किएरका  एमालेसहितको केन्द्रीय गठबन्धन बनेपछि कांग्रेस मन्त्री बनेका तीन जना बाहिरिएका थिए ।

त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो। माओवादी केन्द्रलाई एक मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति: १७:०८ बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्