Kathmandu Press

होलीले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग गर्छ : ओली

उनले पर्व मनाउन अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छाविपरीत रमाइलो नगर्न आग्रह गरे। 
होलीले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग गर्छ : ओली

काठमाडौं, चैत १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस भनेर शुभकामना दिएका छन्। 

शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग पुग्ने बताए।

Hardik ivf

उनले भने, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्याउँछ। राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ। हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु। हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ। होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाओस्।’ 

यस्तै, उनले पर्व मनाउन अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छाविपरीत रमाइलो नगर्न आग्रह गरे। 

उनले भने, ‘यस पर्वका अवसरमा अरुको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरि आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्छ। इच्छा विपरित रमाइलो हुदैँन् यो कुरामा ध्यान दिनुपर्छ। कसैलाई स्वास्थ्यमा समस्या आउनसक्छ। त्यो विषयमा पनि ध्यान दिनुपर्छ। स्वास्थ्यको साथै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ। अनावश्यक भार पर्नेगरि खर्च नहोस, कम खर्चमा पर्व मनाउनुपर्छ।’ 

होली पर्व सबै पर्व मध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उनको भनाई छ। 
 

प्रकाशित मिति: १६:४० बजे, शनिबार, चैत १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्