सानेपामा दिंवगत कांग्रेस नेता केशव बुढाथोकीको स्मरण
उनले राजनीतिमा वा राजनीति बाहिर सबै क्षेत्रमा बुढाथोकीको गुण आवश्यक हुने भएकाले अनुसरण गर्न आग्रह गरे।-(1)-1711188305.jpg)
काठमाडौं, चैत १० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिवंगत केशव कुमार बुढाथोकी भित्र रहेको गुण सबैले अनुसरण गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय सानेपामा कांग्रेसका केशवकुमार बुढाथोकीको ४५औं पुण्य तिथिमा आयोजित श्रद्धान्जली सभामा बोल्दै उनले राजनीतिमा वा राजनीति बाहिर सबै क्षेत्रमा बुढाथोकीको गुण आवश्यक हुने भएकाले अनुसरण गर्न आग्रह गरे।
उनले भने, ‘हामी यहाँबाट निस्किसकेपछि आ–आफ्नो काममा सबै व्यस्त हुन्छौं। तर यहाँबाट जाँदाजाँदै उहाँबाट लिनुपर्ने कुरा केछ भने सबैसँग खुल्ला सम्बन्ध राख्ने कुमार दाइको त्यो शैली,गुण चाहे राजनीतिमा होस् चाहे राजनीति बाहिर किन नहोस सबैले अनुशरण गर्नुपर्छ। झापामा कसैको केशव दाईको जस्तो गुण थिएन। यस्तो गुणलाई हाम्रो सम्पत्तिको रुपमा राख्नुपर्छ।’
उनले प्रचुर आँट भएका बुढाथोकीको मनमा जेछ त्यहि व्यवहारमा देखिने गुण भएको पनि बताए।












